
शितगंगा । अर्घाखाँचीकाे शितगंगा नगरपालिका वडा नं. ८ मा सुरक्षित गर्भपतन सचेतना कार्यक्रम सम्पन्न भएको छ ।वडाकाे अायाेजनामा सुरक्षित गर्भपतन सचेतना कार्यक्रम सम्पन्न भएकाे हो ।
वडा सचिव मिना पन्थीकाे सहजिकरण रहेकाे उक्त कार्यक्रममा सुरक्षित गर्भपतन बारेमा सबैलाई सचेत बनाउन स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरूकाे भूमिका महत्वपूर्ण हुने बताउँदै वडा कार्यालय सहकार्य गर्न तयार रहेको पन्थीले बताउनु भयाे । स्वास्थ्यकर्मीहरूले गर्भपतन जस्तो संवेदनशिल विषयमा बहस र बिमर्स हुनुपर्ने आवश्यक्ता औँल्याए । अँझै पनि हाम्रो समाजमा यस विषयमा खुलेर कुरा गर्ने अवस्था नरहेको हुँदा लुकाउनुपर्ने र लाज मान्ने अवस्थाको अन्त्यका लागि सबै जागरुप हुनुपर्नेमा जोड दिइएकाे थियाे ।
गर्भपतन सम्बन्धी ज्ञानको अभावकै कारण धेरैले नचाहेर पनि सन्तान जन्माउनुपर्ने बाध्यता रहेको छ ।