बुधबार, जेष्ठ ८, २०८२

म हेपिएकाे विद्यार्थी – सन्ताेष अधिकारी

उहीँ क्या, म हेपिएकाे  विद्यार्थी
काेराेना भ्यक्सिनकाे एक असली दर्शक
जावाे विद्यार्थी न हाे, यस्तै साेच्याै कि सरकार
परिन तिम्राे प्राथमिकतामा, किन उपेक्षित व्यवहार ?

निरन्तर पढेकै छु हेर न सरकार दिनरात
राष्ट्रकाे लागि पढेकै छु, पीडा बाेकेर खात-खात
दाेहाेरियाे नसाेचेकाे काेराेना कहर
फेरि चिसियाे मष्तिस्क, तात्दै थियाे भर्खर

देखियाे लक्षण काेराेनाकाे मन उसै भयभित
जसाेतसाे काेराेना जाच गरेकाे रहेछु संक्रमित
असहैय भाे सास फेर्न गाराे, पाईन अक्सिजन
साेध्दैछन् केही काेहि चिन्जानेका ठुला आफन्त छन ?

मागिराछु भिख जिवनकाे तड्पेरै अाेछ्यानमा
चिरिन्छ मुटु सम्झि परिवार डुबेका बेदनामा
गिज्जाई रहेछ आफ्नै पेसा (विद्यार्थी) पाईन भ्याक्सिन ?
संक्रमित विद्यार्थी किन बढ्छन ? गहिरे र साेच त एक छिन

नलेख्नु बरु मरि सके पछि, हार्दिक श्रद्धाञ्जली
आत्मसम्मान जगाउ बालबालिकामा, सन्तुष्टि बाचुञ्जेली
तिमी बनिदेउन आजबाट नै ए सरकार निस्वार्थी
उहीँ क्या, म हेपिएकाेे विद्यार्थी ।

-सन्ताेष अधिकारी