मङ्लबार, असार ३, २०८२

भारतका विदेश सचिवले भने : परिस्थितिलाई थप चर्काउने मनसाय छैन

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणपछि सिर्जित परिस्थितिलाई थप चर्काउने मनसाय नरहेको बताएका छन् ।

शुक्रबार अपराह्न भएको प्रेस बिफिङमा बोल्दै उनले भारतले सुरुवाती हमलाको जवाफ मात्र फर्काएको बताए । ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन्’, उनले भने, ‘केवल पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारमाथि निशाना साँधिएको छ ।’