मङ्लबार, साउन ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

पत्रकार केसीलाई ब्लड क्यान्सर, सहयोगको अपिल

रातोप्रेस डटकम / कपिलवस्तु ।

कपिलवस्तुको चन्द्रौटाबाट सञ्चालित रेडियो शिवराज एफएमका स्टेशन म्यानेजर दिपक कुँवर (केसी) ब्लड क्यान्सरबाट पीडित भएका छन् । उनको अहिले भारतको नयाँ दिल्लीमा अवस्थित राजिव गान्धी क्यान्सर हस्पिटलमा भर्ना भई उपचार भइरहेको छ ।

विभिन्न पत्रपत्रिका, एफएमबाट पत्रकारिता सुरु गरेका पत्रकार केसी नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य समेत हुन ।अर्घाखाँची जन्मथलो भई कपिलवस्तुलाई कर्मथलो बनाएका केसी आफ्नो लामो समय देखि यो समयसम्म पत्रकारीता क्षेत्रमै अनवरत रुपमा क्रियाशील थिए ।

यो कठिन परिस्थितिमा पत्रकार केसीलाई सहयोग गर्न देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा आम शुभचिन्तकहरूमा आग्रह गरिएको छ ।

सहयोगको लागि बैंक र इ-सेवा मार्फत गर्न सकिने तपशिल अनुसार उल्लेख गरिएको छ ।

Bank : Nepal SBI Bank
Branch : Chandrauta
Name : Deepak Kunwar
Ac. No : 24915241400344

Sewa
Deepak Kunwar : 9869471318