सोमवार, असार २, २०८२

देशका धेरै ठाउँको मौसम मुख्यतया सफा

काठमाण्डौ – पश्चिमी  तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण केही ठाउँमा हल्का वर्षा भएको छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा चट्याङसहित हल्का वर्षा भएको जल तथा  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया मौसम बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । हिमाली भागका केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

प्रि–मनसुन भएकाले बादल लाग्ने र पहाडी भूभागका एक –दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मोसमविद् गोविन्द झाले बताउनुभयो ।

उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा  घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहन्छ ।