
काठमाण्डौ – आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यी तीन वटा प्रदेशसहित देशको पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही र बाँकी भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।